६ चैत, काठमाडौं। आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ ।
संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।