1.7k
Shares
काठमाडौं, १५ चैत । पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् ।
तीनकुने क्षेत्रबाट लखेटिएका प्रदर्शनकारीहरुले जडिबुटी पुगेर आगजनी गरेका हुन् । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा उनीहरु आगजनी र तोडफोडमा उत्रिएका हुन् ।
उनीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा रहेका केही गाडी पनि तोडफोड गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।