1.6k
Shares
काठमाडौं, १५ चैत । प्रधानमन्त्री केपी ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन्। बैठक बेलुका ८ बजे बस्नेछ।
तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावादीहरूको प्रहरीसँग झडप भएपछि राजावादीहरु अराजक भएका हुन् ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।