आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि प्रदेश मन्त्री चौधरीले दिए राजीनामा

2.8k Shares

चैत १६ ,कैलाली ।आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री चौधरीले शनिबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । मन्त्री चौधरीले प्रदेशको दिगो वन व्यवस्थापन कार्यविधि आफू अनुकुल बनाएर ठूलो आर्थिक लाभ लिनसक्ने छलफल गरेको अडियो सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिक भए लगत्तै मन्त्री चौधरीले पत्रकार सम्मेलन गरी नैतिकताका आधारमा आफूले पदबाट राजीनामा दिएकाे घोषणा गरे ।

मन्त्री चौधरीले आफूमाथि छानबिन गर्न माग समेत गरेका छन् । छानबिनमा  दोषी देखिए कारवाही भोग्न तयार रहेको समेत उनले बताएका छन् । मन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका थिए । 

सम्बन्धित समाचार