पूर्वराजा ज्ञानेन्द्रले जरिवाना पत्र बुझ्न अस्विकार

2k Shares

१७ चैत,काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ ।

आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो ।

पूर्वराजा ज्ञानेन्द्रले ती जरिवाना पत्र बुझ्न अस्विकार गरेका हुन् । राजावादीहरुको प्रदर्शनको क्रममा भएको भएको फोहोर र तोडफोड र दमकल प्रवेश गर्न नदिईएको विषयमा महानगरले ७ लाख ९३ हजार जरिवाना तय गरेर पत्र काटेको सार्वजनिक भएको थियो । हिजो सार्वजनिक बिदा भएकोले महानगरको टोली आज विहानै कार्यालय खुल्नेबित्तिकै निर्मलनिवास पुगेको थियो ।

सम्बन्धित समाचार