काठमाडौं, १७ चैत्र । वर्तमान व्यवस्थाको विरोधमा रहेको ‘राजसंस्था पुन्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले वैकल्पिक नेतृत्व चयन गरेको छ । यही चैत्र १५ गते काठमाडौंमा भएको प्रदर्शन हिंसामा परिणत भएपछि आन्दोलन स्थगित भएको थियो ।राजावादी आन्दोलनको जनकमाण्डर तोकिएका दुर्गा प्रसाईं नै यतिवेला फरार छन् । आफू नजरबन्दमा परेपछि नवराज सुवेदीले जगमान गुरुङलाई नेतृत्वको जिम्मेवारी दिएका हुन् ।
शुक्रबार राजावादी प्रदर्शनकारीले निजी र सरकारी सम्पत्तिमा व्यापक तोडफोड, लुटपाट र आगजनीसमेत गरेका थिए । प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ । शुक्रबार राजधानीको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक भएसँगै राजावादीमाथि सरकारले धरपकड गरेको थियो ।
