काठमाडौँ, चैत १८ गते । सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा तथा हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ बाहुनधारामा बस्दै आएका १९ वर्षीय राहुल साहको हत्या प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हत्यामा संलग्न पक्राउ पर्नेहरूमा सर्लाहीको चक्रघट्टा गाउँपालिका १ का २२ वर्षीय निपु मण्डल, सोही गाउँका १८ वर्षीय विजय यादव, १८ वर्षीय करन कुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल र भारत, बिहार घर भई काठमाडौँको दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिनुभयो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा लेनदेनको विवादकै कारण उनको हत्या भएको निष्कर्ष निकालेको छ । पक्राउ परेकाहरूमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।