2.3k
Shares
काठमाडौँ, चैत १८ गते ।त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिलो भएको छ ।ढिलो सुरु भए पनि समयमानै (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । त्रिविका मतदान अधिकृत डा। अवतार सुवेदीका अनुसार कुल मतदाता छ हजार १४६ मध्ये तीन हजार ११८ मत खसेको छ ।
उहाँले त्रिविमा विद्युतीय मेसिनबाट मतदान भएको जानकारी दिनुभयो ।
उहाँले मतदान सम्पन्न भएको र आजै सर्वदलीय बैठक पश्चात् मतगणनाको प्रक्रिया सुरु हुने बताउनुभयो । विद्युतीय मतदान भएका कारण नतिजा केही समयमा नै आउने उहाँको भनाइ छ ।