सांसद पद निलम्बन फुकुवा गर्न रवि लामिछानेद्वारा सभामुखलाई आग्रह

2k Shares

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकाइदिन  सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।

 आज (मंगलबार) बिहान लामिछानेसहित रास्वपाका नेताहरुले सभामुख घिमिरेलाई आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् ।rabi-savamukh_7vJNaVyOwK.webp

उनले यसअघि गत माघ १८ गते निलम्बन फुकुवाका लागि आफूले लिखित निवेदन दिएको र आज त्यही निवेदनबारे स्मरण गरेको बताए ।

बिहान सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा भेटेर सभापति लामिछानेले सरकारले राजनीतिक प्रतिशोधका कारण आफूलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको भन्दै राजनीतिक दलहरूसँग छलफल गरी टुङ्ग्याइदिन माग गरे ।

सभामुख घिमिरे र लामिछानेबीच आज लामो संवाद भएको थियो ।

सम्बन्धित समाचार