भैरहवा पुर्‍याइयो रवि लामिछानेलाई

2.4k Shares

काठमाडौं, चैत २३ । शुक्रबार राती काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई विमानमार्फत भैरहवा पुर्याइएको छ । यती एयरलाइन्सको विमानबाट उनलाई आज बिहान  भैरहवा पुर्याइएको हो ।  शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।vauman.webp

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले सोही प्रकरणमा एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
आज र भोलि जिल्ला प्रहरीमा राखिने र सोमबार कार्यालय खुलेपछि प्रकृया पुराएर मात्रै कारागार पठाइने प्रहरीले जानकारी दिएको छ । 

सम्बन्धित समाचार