काठमाडौं, २६ चैत्र ।काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित राज्यविरुद्धको कसुरका २० आरोपितलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
तीनकुने घटनामै संलग्न रहेको आरोपमा अपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न अरु ५४ जनालाई पनि समातिएको छ। उनीहरुलाई अनुसन्धानका लागिथ थप २० दिनको समय अदालतले दिएको छ।उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म ७४ जनालाई पक्राउ गरिसकेको छ ।
तीनकुनेको उक्त हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित २ जनाको मुत्यु भएको थियो । प्रदर्शनकारीहरुले निजी घर, व्यवसायिक स्थल, सरकारी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।