नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु

995 Shares

वैशाख ११,काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० को संसदीय दलको बैठक जारी छ । बैठक बिहानदेखि नै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ । 

बैठकमा शुक्रवारबाट सञ्चालन हुने बजेट अधिवेशनमा पार्टीको प्रस्तुति, समसामयिक राजनीति, शिक्षकहरूको प्रदर्शन लगायतका विषयमा छलफल हुनेछ । साथै बैठकमा शुक्रवारदेखि सुरु हुन लागेको संसद्को बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ ।

सङ्घीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयकलगायतका महत्त्वपूर्ण विधेयकहरूमा संसद्मा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको छ । शिक्षा मन्त्रीको राजीनामापछि शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको भन्दै अध्यक्ष प्रचण्डले संसद्बाटै शिक्षकका मागहरू सम्बोधन गर्न सांसदहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिए ।

सम्बन्धित समाचार