सरकार र शिक्षकहरूबिच छलफल सकियो, पुनः छलफल हुने

4.3k Shares

काठमाडौँ, वैशाख १३ गते । सरकार र शिक्षक महासङ्घबिच छलफललाई निरन्तरता दिने सहमति भएको छ । शनिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि र शिक्षक महासङ्घका प्रतिनिधि बिचको छलफलमा संवादलाई निरन्तरता दिने सहमति भएको हो ।

शनिवार बिहानदेखि सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक प्रतिनिधि र सरकारबिच वार्ता भएको थियो । वार्ताले छलफललाई निरन्तरता दिने र आन्दोलनका क्रममा शिक्षकहरूले उठाएका मागहरू पूरा हुनुपर्ने माग शिक्षकहरूले गरेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनु भयो । उहाँले शिक्षक महासङ्घ अहिले आन्दोलनमा रहेको र आन्दोलनका क्रममा उठाएका विषयवस्तुहरू मन्त्री पन्तसँग छलफल भएको बताउनु भयो । उहाँले बैठकले छलफल र संवादलाई निरन्तरता दिने निर्णय गरेको उहाँको भनाइ छ ।

बैठकपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुले मन्त्रालयमा उपस्थित भएर कुरा राखेको जानकारी गराएका छन् । अग्रगामी विध्यालय शिक्षा ऐन जारी गराउनु नै आन्दोलनको अडान रहेको र महासंघ उक्त मागबाट टसमस नहुने पनि उनले बताएका छन् ।
आफूहरुसँग विगतमा भएका सहमति कार्यान्वयन गर्दै तत्काल विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर शिक्षकहरु गत चैत २० गतेदेखि आन्दोलनमा छन् । उनीहरुले आज २५औं दिनको आन्दोलन गरिरहेका छन् ।

 

शिक्षकहरु लामो समय काठमाडौं केन्द्रीत आन्दोलनमा रहँदा देशभरको पठनपाठन अवरुद्ध भएको छ । नयाँ शैक्षिक शत्र सुरु भइसक्दा पनि विद्यालय भर्ना अभियान सुरु नै भएको छैन ।

सम्बन्धित समाचार