सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

3.1k Shares

काठमाडौं, १७ वैशाख । नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनतर शिक्षक र सरकारबीच सहमति भएको छ । आज (बुधबार) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयमा भएको वार्तामा सहमति जुटेको हो ।

शिक्षकहरूसँग भएको सहमतिलाई मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि कार्यान्वयनमा जानेछ । त्यसका लागि अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

आन्दोलन रोक्ने, भोलिदेखि नै पठनपाठनको वातावरण निर्माण गर्नेगरी सहमति जुटेको उनको भनाई छ। आज भएको सहमति मन्त्रिपरिषले निर्णय गरेको खण्डमा मात्रै कार्यान्वयनमा आउनेछ । विद्यालय शिक्षा ऐन जारी गर्ने विषयमा सत्तारूढ दलका सचेतकहरूले ऐक्यबद्धता जनाएका छन् । उनीहरूको ऐक्यबद्धतापछि ऐनको सुनिश्चितता समेत भएको उनको भनाइ छ ।

आफूहरुसँग विगतमा भएका सहमतिको पूर्ण कार्यान्वयन गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित देशभरका सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु विगत २९ दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । आज सरकार र महासंघबीच भएको सहमति मन्त्रिपरिषद्को बैठकपछि मात्रै सार्वजनिक गरिने बताइएको छ ।Laxmi-Raghu-768x432.jpg

सम्बन्धित समाचार