जम्मु कश्मिर क्षेत्रमा काम गर्न गएका नेपालीको संरक्षण र उदार गर्न सरकारलाई सांसद तामाङको आग्रह

1.6k Shares

काठमाडौं, २६ बैशाख । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं सांसद मिना तामाङले पाकिस्तान र भारत सीमा कश्मीरमा भएको दुई देशीय सांगातिक हमलाले मानवीय क्षति र आतंक फैलिएको बताएकी छन् । उनले कारण पाकिस्तानले लक्षित गरेको भारतीय सहरमा काम गर्न गएका नेपालीहरु उक्त घटनामा पर्न सक्ने भएकाले उनीहरुको संरक्षण र उदारबारे सरकारको ध्यानार्कषण गराईन् ।

प्रतिधिसभाको आजको बैठकमा बोल्दै सांसद तामाङले दुई देशबीचको लडाइमा गोर्खाली सेना प्रयोग नगर्न भारत सरकारसमक्ष गम्भीर छलफल र निकासबारे पहल गर्न सरकारको ध्यानाकर्षण गराईन् ।

सम्बन्धित समाचार