विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति, आजै नियुक्तीको तयारी

1.8k Shares

काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट विश्व पौडेललाई नै बनाउने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच मंगलबार बालुवाटारमा भएको छलफलका क्रममा विश्व पौडेललाई नै गभर्नर बनाउने गरी सहमति जुटेको स्रोतको भनाइ छ । 

कांग्रेस र एमालेका शीर्ष नेताहरु सम्मलित बैठकमा गभर्नर कांग्रेसको कोटाबाट नियुक्त गर्ने सहमति भएको थियो । सोहीअनुसार देउवाले डा। पौडेलको नाम सिफारिश गरेका हुन् ।


सहमतिसँगै आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ भने लगत्तै मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुने छ । 

सम्बन्धित समाचार