माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, सांसद पद निलम्बनमा

2.3k Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

माधव नेपालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसंगै उनको सांसद पद समेत निलम्बनमा परेको छ । 

पताञ्जली जग्गा प्रकरणमा अख्तियारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

अख्तियारले संसद सचिवालयमा माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको जानकारी संसद सचिवालनमा पुगेसंगै उनको सांसद पद निलम्बनमा परेको हो । 

पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा माधव नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारले छुट्टाछुट्टै कसुर किटान गरी नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सम्बन्धित समाचार