2.4k
Shares
प्योङयाङ, ५ असार । उत्तर कोरियाले बिहीबार इरानमाथि इजरायलले हालै गरेको हवाई आक्रमणलाई आक्रमणको ‘घृणित कार्य’ भन्दै निन्दा गरेको छ ।
कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले मध्यपूर्वमा नयाँ युद्धको खतरा खडा गरेकोमा इजरायलको निन्दा गर्दै इरानविरुद्ध इजरायलको सैन्य आक्रमणबारे ‘गम्भीर’ चिन्ता व्यक्त गरेका छन् ।
“विश्वले देखेको हालको गम्भीर अवस्थाले स्पष्ट रूपमा प्रमाणित गर्दछ कि इजरायली एकाइ विश्वव्यापी शान्ति र सुरक्षालाई नष्ट गर्ने मुख्य अपराधी हो”, अधिकारीलाई उद्धृत गर्दै केसिएनएले भन्यो । रासस