भिजिट भिसा प्रकरण छानबिन समितिका पदाधिकारीले बुझे पत्र

1.7k Shares

काठमाडौँ । ‘अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति’का पदाधिकारीलाई सरकारले औपचारिक पत्र प्रदान गरेको छ । 

असार ९ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदाश बैरागीको नेतृत्वमा ७ सदस्यीय समिति बनाएको बनाएको थियो । शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरूलाई पत्र प्रदान गरिएको हो । पत्रमा मन्त्रिपरिषद्को असार ९ गतेको निर्णयलाई उद्धृत गर्दै गृहसचिव गोकर्णमणि दुवाडीले हस्ताक्षर गरेका छन् ।visit-visa-samiti-bairagi_M68EFOBbwE.jpg

समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य छन् । सदस्यसचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले छन् ।

पत्र पाएपछि समितिको आजै अनौपचारिक बैठक पनि मन्त्रालयमा बसेको छ । गृह मन्त्रालयले समितिको कार्यालयको व्यवस्थापन छिट्टै गर्ने र त्यसपछि औपचारिक काम सुरुवात गरिने समितिका एक सदस्यले जानकारी दिए ।

 

सम्बन्धित समाचार