अत्तरिया (कैलाली), १३ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेको बताएका छन् ।
नेपाल उद्योग परिसङ्घ सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको प्रदेश कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रममा उनले भने, “विभिन्न सङ्घसंस्थालाई जोडेर हामी अगाडि बढ्न चाहन्छौँ, यहाँ लगानी मैत्री वातावरण बनाउन चाहन्छौँ, त्यसका लागि प्रक्रिया, छलफल अगाडि बढाएका छौँ ।”
कार्यक्रममा नेपाल उद्योग परिसङ्घका केन्द्रीय अध्यक्ष राजेशकुमार अग्रवालले परिसङ्घले देशको समग्र अर्थतन्त्रको विकासका लागि पहल गर्दै आएको बताए । उनले परिसङ्घले नेपाली उत्पादित वस्तु नेपाली तथा विदेशी बजारमा पु¥याउन सहयोग गर्दै आएको बताए ।
युवा उद्यमी प्रवद्र्धन तथा प्रोत्साहन गर्ने खालका गतिविधि परिसङ्घले गर्दै आएको उनको भनाइ छ । आज नै परिसङ्घको रमणचन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय सुदूरपश्चिम प्रदेश समिति गठन भएको जनाइएको छ । रासस