1.7k
Shares
काठमाडौं, १३ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपा नेपालकी सांसद अम्बिका काफ्लेले लुम्बिनी प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् । काफ्ले समानुपातिक सांसद हुन् ।
सरकार गठन हुँदाको शर्तअनुसार काम गर्न नसकेको, संविधान संशोधनको एजेण्डा ओझेलमा परेको भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले समर्थन फिर्ता लिन बताएका थिए ।
