नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दै

2.2k Shares

काठमाण्डौ । सोमबार दिउँसो १ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू हुँदैछ। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ९ महिनापछि बस्न लागेको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सहभागी रहनेछन् । कांग्रेसले ९ महिनादेखि केन्द्रीय समिति बैठक राखेको थिएन। विधानमा दुई महिनामा कम्तिमा एक पटक केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ ।

कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ। आइतबार पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समितिको बैठकको एजेन्डा तय गरेको थियो। बैठकले भ्रातृ संगठनहरुलाई समय थप्ने विषयलाई केन्द्रीय समिति बैठकको एजेन्डा बनाउने भएको छ ।

केन्द्रीय समितिको बैठकमा समसामयिक, राजनीतिक विषयको समीक्षा हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । त्यस्तै पार्टीका विदेशमा रहेका जनसम्पर्क समितिलाई मजबुत बनाउने बारेमा केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ ।

प्रदेश र केन्द्रको बजेटका बारेमा पनि छलफल हुने प्रवक्ता महतले जानकारी दिए । उनले केही भ्रातृ संस्थाले अधिवेशन सकिसकेको र केहीले काम गर्न बाँकी रहेको र त्यसमा कति समय दिन सकिन्छ भन्नेबारेमा छलफल हुने बताए ।

सम्बन्धित समाचार