2.2k
Shares
काठमाडौं, २१ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठक बोलाएका छन् । जसपा नेपालले आज दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाइएको बताए ।
बैठकले सरकारलाई दिइएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसअघि नै सरकारलाई दिइएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको थियो ।