पाँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच छलफल

2.8k Shares

२१ असार, काठमाडौं ।नेकपा (माओवादी केन्द्र)सहित पाँच कम्युनिस्ट पार्टीका नेताहरूबीच आज दिउँसो पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा  
छलफल सुरू भएको छ।
उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी छन्। 

बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूमाथि छलफल भइरहेको प्रचण्डको निजि सचिवालयले जनाएको छ। 

सम्बन्धित समाचार