2.1k
Shares
२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरदेखि बैठक चलिरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुनेछ।
सदनमा पार्टीको भूमिका र पछिल्लो समयमा आएको बाढी पहिरोको क्षति तथा राहत र उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।