देउवाले बोलाए पदाधिकारी बैठक

1.7k Shares

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् । भोलि ९शुक्रबार० विहान ९ बजे बुढानीलकण्ठमा बस्ने गरी पदाधिकारी बैठक बोलाइएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक  देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक गतिविधि र सांगठानिक विषयहरूमा गम्भीर छलफल हुने बताइएको छ ।

बैठकमा सरकारमा सहभागी भएका मन्त्रीहरुलाई पनि निम्तो पठाईएको छ । सरकारको एक वर्ष पुगेको अवसरमा कामको समिक्षा हुने कांग्रेसले जनाएको छ ।

स्रोतका अनुसार बैठकमा पार्टीको आसन्न महाधिवेशन, गठबन्धनको आगामी रणनीति, प्रदेशस्तरका संगठनात्मक तयारी र हालै देखिएका असन्तुष्टि लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार