शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

2.3k Shares

काठमाडौं, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री ओली आज अपरान्ह शितलनिवास पुगेका हुन् । प्रधानमन्त्री ओली भोलि (आइतबार) तुर्कमेनिस्तान भ्रमणमा जाँदैछन् । भ्रमणमा निस्किनुअघि प्रधानमन्त्री ओलीले आज राष्ट्रपतिसँग यही विषयमा कुराकानी गरेको बुझिएको छ ।अहिले भेटवार्ता जारी छ।

तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार