मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

3.1k Shares

काठमाडौं, २३ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी  साउन २७ गते विश्वासको मत लिने भएका छन् । कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले  संवैधानिक प्रावधानअनुसार तोकिएको समयभित्र विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । बानियाँ साउन १८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री बानियाँले कांग्रेसबाट अझै ५ जनालाई मन्त्री नियुक्त गर्न बाँकी छ ।

सम्बन्धित समाचार