3.1k
Shares
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ ।
लामिछानेलाई कारागार सरुवाका लागि निवेदन दिएका लामिछानेको सरुवा भने भएको थिएन । उनी हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन् ।
कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार, आजै उनलाई कारागार सरुवाका लागि निर्णय गरेर रुपन्देही पठाइएको छ । योसंगै अब रवि लामिछाने नक्खु कारागारमा रहने भएका छन् ।
लामिछानेले नै नक्खु कारागार सरुवाका लागि सहमति जनाएको बताइएको छ ।