काठमाडाैं । गाैर हत्या प्रकरणमा छानविन गर्नका लागि सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गाैर हत्या प्ररकणमा छानविनका लागि परमादेश जारी गरेको हो ।
यो आदेशसँगै २७ जनाको ज्यान गएको १९ वर्ष पुरानो गौर हत्याकाण्डको अनुसन्धान तथा अभियोजनको प्रक्रिया बढ्ने भएको छ।
२०६३ चैत ७ गते रौतहटको गौरमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए।
राष्ट्रिय मानव अधिकार आयोगले १३० जनाविरूद्ध मुद्दा चलाउन सिफारिस गरिसकेको छ। तीमध्ये ६६ जनाविरूद्ध यसअघि नै जाहेरी परिसकेको छ भने बाँकीको नाम जाँबुझ आयोगले किटान गरेको छ।
गाैर हत्या प्रकरणमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समेत यो घटनामा आरोप लगाइएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले उपेन्द्रमाथि यस्तो आरोप लगाउदै आएका छन् । त्यो बेला मधेसी जनअधिकार फोरम उपेन्द्र यादवले गठन गरेका थिए। उक्त घटनापछि यादव पटकपटक मन्त्री र सांसद भइसकेका छन्।
यसअघि बम विष्फोटका घाइते इँटाभट्टामा जलाइएको भनिएको रौतहटकै अर्को घटना पनि सर्वोच्चकै परमादेशले अघि बढेको थियो।