माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा रवि लामिछानेसँग भेट

2.6k Shares

ललितपुर, भदौ ४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेट गरेका हुन । 

उनले लामिछानेसँग भेटगरी कारागारको बसाइका बारेमा जानकारी लिनुका साथै बसाइमा भएको असहजता र सहजताका विषयमासमेत चासो राखेको प्रचण्डको सचिवालय सदस्य दिपक भण्डारीले जानकारी दिए । 

थुनामा रहेका पूर्वगृहमन्त्री लामिछानेले भैरहवा कारागारको भन्दा नख्खुमा धेरै राम्रो सेवासुविधा भएको भन्दै कारागार प्रशासनको प्रशंसा गरेको प्रचण्डको सचिवालय सदस्य भण्डारीले बताए ।

सम्बन्धित समाचार