नेकपा एससंगको पार्टी एकता मान्य हुन्नः जनार्दन

3.5k Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्नेकुरा मान्य नहुने चेतावनी दिएका छण् । 

जनार्दनले नेकपा एससंगको पार्टी एकताको कुरा मान्य नहुने धारणा राख्दै बैठकबाट बाहिएका हुन्। 

पार्टीको महाधिवेशनलाई छल्न, नेतृत्व हस्तान्तरणको मुद्दालाई आझेलमा पार्नेगरी संयोजक प्रचण्डले नेकपा एससँग पार्टी एकता गर्ने कुरालाई अघि बढाएको र त्यसले पार्टीलाई कुनै पनि हालतमा हित नगर्ने जनार्दनको दाबी थियो ।

नेकपा एससँग माओ विचारलाई परित्याग हुनेगरी जनताको बहुदलीय जनवादको आधारभुत कुराहरुमा अघि बढ्ने सहमतीसहित अघि बढेकाले त्यसमा आफूहरु सहमत हुन नसक्ने जनार्दनले बताएका छण् । 

‘अहिले सचिवालयको बैठक आफ्नो भनाईहरु राखेर म आएको छु । विशेष गरी अहिले जो एकताको कुरा गरिएको छ । हाम्रो पार्टीले अघिल्लो वर्षको केन्द्रिय कमिटी बैठकमा मंसीर भित्र महाधिवेशन सम्पन्न गर्ने भन्ने निर्णय थियो । त्यो महाधिवेशनलाई छलफल गर्ने प्रयत्न गरियो । पछिल्लो जेनजी आन्दोलन पश्चात बसेको केन्द्रिय कमिटीले फेरी पनि महाधिवेशन गर्ने निर्णय गर्‍यो । जनार्दनले भने, 'त्यो निर्णयलाई छल्न त्यो निर्णयबाट बैचारिक बहसलाई अगाडि बढन नदिन प्रतिस्पर्धाबाट नयाँ पुस्ताको नेतृत्वलाई निर्वाचित हुन नदिनका लागि यो यो एकताको छलफल गरियो । अहिलेको यो एकताले वर्तमान राजनीतिको समस्यालाई पनि हल गर्दैन । विभिन्न पार्टी फुटाएर टुक्राटुक्रालाई जोडेर यो एकता पनि हुँदैन । मेरो के कुरा थियो भने समग्रतामा कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नेगरी बृहत अभियान चलाउने, बृहत रुपमा बहस गर्ने, एउटा लामो समय लिएर हामी त्यहाँ पुग्न सक्छौ भन्ने मेरो आफ्नो मान्यता हो ।'

प्रचण्डले महाधिवेशनमा आफ्नो पक्षमा बहुमत पुर्‍याउन पनि नेकपा एससँग एकता गर्न लागेको भन्दै  जनार्दनले आपत्ति जनाएका छन् । 

सम्बन्धित समाचार