सिंहदरबार प्रवेश प्रयासमा ‘जेन–जी’ समूहलाई प्रहरीले रोक्यो

1.7k Shares

सिंहदरबार प्रवेश गर्ने प्रयासमा रहेको मिरज ढुंगानाको नेतृत्वमा रहेको ‘जेन–जी’ समूहलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएर रोकिएको छ।

समूहले सिंहदरबारभित्र प्रवेश गर्न खोज्दा सुरक्षा निकायले हस्तक्षेप गर्दै उनीहरूलाई त्यहाँबाट हटाएको हो।

सुरक्षा स्रोतका अनुसार, निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको भन्दै प्रहरीले उनीहरूलाई सिंहदरबारको दक्षिण गेट नजिकबाट रोकेर अनामनगरस्थित भाटभटेनीसम्म पुर्‍याएको थियो।

यसअघि सोमबार पनि उक्त समूह सडकसम्म पुग्दै नेपोबेबी अभियानको क्रममा भ्रष्टाचार विरोधी प्रदर्शन गरिसकेको थियो। उनीहरूले सरकारले नातावादको आधारमा परिवारका सदस्यलाई सरकारी पदमा नियुक्त गरेको विरोध स्वरूप प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउने प्रयास गरेका थिए।

प्रधानमन्त्री कार्कीका मुख्य स्वकीय सचिव आदर्श श्रेष्ठले आफ्नी पत्नीलाई सचिवालयमा नियुक्त गरेको विरोधमा ज्ञापन पत्र बुझाउने क्रममा मिरज ढुंगाना नेतृत्वको समूहलाई सिंहदरबार प्रवेश गर्न अनुमति नदिइएपछि उनीहरूले गेटमै ज्ञापन पत्र टाँसेर फर्किएका थिए।

 

सम्बन्धित समाचार