वैशाख १, काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सफलता या विफलता, अवसर या चुनौती, कमजोरी वा उपलब्धि जे भए पनि २०८२ अब इतिहास भएको बताएका छन् ।
नयाँ वर्षको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना दिँदै उनले इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवा ऊर्जा बीचको एक सार्थक सिनर्जी सिर्जना गरोस् भनेर शुभकामना दिएका छन् ।
‘सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि २०८२ अब इतिहास भयो । इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवा ऊर्जा बीचको एक सार्थक सिनर्जी सिर्जना गरोस्। नयाँ वर्ष २०८३ को सबैमा हार्दिक शुभकामना!,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।