काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री वालेन्द्र शाहबिनाको पार्टीको सचिवालय बनाएको छ । सभापति रवि लामिछानेदेखि अरु मन्त्री सचिवालयमा भए पनि प्रधानमन्त्री वालेन्द्रको नाम समावेश नगरी रास्वपाले सचिवालयको विस्तारित टिम सार्वजनिक गरेको हो ।
१६ सदस्यीय समितिमा उपसभापतिदेखि मन्त्री भएका अरु नेता पनि छन् । वालेन्द्र रास्वपाका वरिष्ठ नेता हुन् । पार्टी लामिछानेले र सरकार वालेन्द्रले हेर्ने अनौपचारिक सहमति भएको बुझिएको छ । सचिवालयमा सोमबार मात्रै महामन्त्री बनाइएका भूपदेव शाह र सागर ढकाल तथा सरिता ज्ञवाली पनि थपिएका छन् ।
यस्तो छ सचिवालय टिम
रवि लामिछाने– सभापति, स्वर्णिम वाग्ले– उप सभापति, कविन्द्र वुर्लाकोटी, महामन्त्री, भूपदेव साह, महामन्त्री, विपिन आचार्य, सहमहामन्त्री, लिमा अधिकारी, कोषाध्यक्ष, वसु माया तामाङ, सहकोषाध्यक्ष्य, मनिष झा प्रवक्ता, सचिवालय सदस्यहरूमा गणेश पराजुली,, दीपक बोहरा, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम, हरि ढकाल, सागर ढका र सरिता ज्ञवाली रहेका छन् ।