2.2k
Shares
काठमाण्डौ । इरानका विदेशमन्त्री अब्बास अराघ्ची रुसको बन्दरगाहमा अवस्थित सेन्ट पिटर्सबर्ग पुगेका छन्, जहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने कार्यक्रम रहेको इरानी सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्युज एजेन्सीले जनाएको छ ।
अराघच्चीको भ्रमण इरानमा जारी द्वन्द्वको पृष्ठभूमिमा महत्त्वपूर्ण मानिएको छ, जहाँ कूटनीतिक पहलहरू तीव्र भइरहेका छन् । यो भ्रमणले रुस–इरान सम्बन्ध थप मजबुत बनाउने र क्षेत्रीय तनाव कम गर्ने सम्भावनामा केन्द्रित रहने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पाकिस्तानको राजधानी इस्लामावादमा हुने भनिएको अमेरिका–इरान शान्ति वार्ता अन्योल बनेका बेला अराघ्ची रुस पुगेका हुन् ।