काँग्रेस सभापति गगन थापाले सिटाैलालाइ दलको नेताबाट हटाए

1.2k Shares

काठमाण्डौ । नेपाली कांग्रेसले राष्ट्रिसभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटाैलालाई हटाएको छ । उनको ठाउँमा कमलादेवी पन्तलाई मनोनीत गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटाैलालाई हटाएर पन्तलाई मनोनीत गरेका हुन् ।

यस्तै प्रतिनिधिसभा संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा बासना थापा र  सचेतकमा निश्कल राई मनोनीत भएका छन् । हुन त आफूलाई हटाउन लागिएको जानकारी सिटाैलाले यसअघि नै पाइसकेका थिए ।

यसबारे मंगलबार काठमाडाैंमा भएको संस्थापनइतर समूहको भेलामा पनि छलफल भएको थियो । छलफलपछि पत्रकारसँग बोल्दै नेता मीनबहादुर विश्वकर्माले दलको नेताबाट सिटाैलालाई हटाएर पार्टीमा थप विवाद सिर्जना गर्न नहुने बताएका थिए, तर सिटाैलाले भने पत्रकारसँग कुनै प्रतिक्रिया दिएनन् । 

सम्बन्धित समाचार