1.9k
Shares
जनमत पार्टीका ९ जना सांसदले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्। पार्टी नेतृत्वसँगको परामर्शपछि यस्तो निर्णय गरिएको हो, जसले प्रदेश सरकारको स्थायित्वमा प्रश्न उठाएको छ ।
पार्टीका अनुसार मुख्यमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएपछि समर्थन फिर्ता लिनुपरेको हो । उनीहरूले सरकार बनेदेखि नै अपेक्षित काम हुन नसकेको आरोप लगाएका छन् ।
जनमत पार्टीका १२ सांसदमध्ये बहुमतले समर्थन फिर्ता लिएसँगै नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिएको छ। यसले कांग्रेस नेतृत्वको सरकारमाथि दबाब बढाएको छ र वैकल्पिक गठबन्धनको सम्भावना पनि बढाएको छ ।