चुनावी जितपछि पश्चिम बंगालमा लेनिनको सालिक भत्काइयो

1.9k Shares

 एजेन्सी । पश्चिम बंगाल मा भारतीय जनता पार्टी (बीजेपी) को चुनावी जितपछि पार्टी कार्यकर्ताले रुसी कम्युनिस्ट नेता भ्लादिमिर लेनिन को सालिक भत्काएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगालको मुर्सिदावादस्थित जियागञ्जमा राखिएको सालिक चुनावी परिणाम सार्वजनिक भएपछि उत्तेजित भएका बीजेपी कार्यकर्ताले भत्काएका हुन् ।

बीजेपीले २९४ सदस्यीय सभामा २०७ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो । चुनावी जितपछि केही स्थानमा राजनीतिक तनावसमेत बढेको बताइएको छ ।

त्यसै क्रममा कार्यकर्ताले तृणमूल कांग्रेस को कार्यालयमा तोडफोड तथा आगजनीसमेत गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

सम्बन्धित समाचार