खरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर भ्रम फैलाउने प्रयास भएको बताएका हुन् ।
उनले अहिले आफू कार्यक्रमका सिलसिलामा स्विट्जरल्याण्डमा रहेको उल्लेख गर्दै कुनै गलत काम नगरेकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
‘यस्ता भ्रामक, नियोजित तथा कपोलकल्पित समाचारले मेरो चरित्र र राजनीतिक भविष्यमा असर पार्छ भनेर नसोचे हुन्छ,’ उनले भनेका छन् । साथै उनले आफूविरुद्ध फैलाइएका सामग्रीबारे कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिएका छन् ।