प्रतिनिधिसभामा आज विभिन्न अध्यादेश पेस गर्दै प्रधानमन्त्री शाह

1.1k Shares

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। पहिलो दिन बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ। संसद सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा सार्वजनिक खरिद, संवैधानिक परिषद् तथा सार्वजनिक पदाधिकारीसँग सम्बन्धित अध्यादेशहरू प्रस्तुत गरिनेछन् ।

बैठकमा प्रधानमन्त्री शाहले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ तथा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले  ले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछन्। कानुनमन्त्री सोविता गौतमले केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सहकारीसम्बन्धी संशोधन अध्यादेश पेस गर्नेछिन् भने स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यस्तै, शिक्षामन्त्री स्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यी अध्यादेश राष्ट्रियसभामा पनि पेस गरिने कार्यक्रम छ ।

 
 
 
सम्बन्धित समाचार