बजेट अधिवेशनदेखि पार्टी संगठनसम्म रास्वपा बैठकमा छलफल

1.6k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी प्रवक्ता मनिष झाले बैठक बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने जानकारी दिएका छन् ।

बैठकमा पार्टीको केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन तथा संसद्को चालु बजेट अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

यसअघि बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । रास्वपाले महाधिवेशनको औपचारिक कार्यतालिका सार्वजनिक नगरे पनि भदौभित्र सम्पन्न गर्ने तयारी गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार