संसदमा हर्क साम्पाङको आक्रोश, सीमा सुरक्षा देखि अध्यादेशसम्म सरकारमाथि प्रश्नैप्रश्न

2.1k Shares

काठमाडौं । श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले प्रतिनिधिसभाको बैठकमा सरकारको नीति र कार्यशैलीमाथि कडा आलोचना गरेका छन् । उनले सीमा सुरक्षा, सुकुम्बासी समस्या, अध्यादेश, बजेट निर्माण प्रक्रिया र तस्करीका विषय उठाउँदै सरकारमाथि गम्भीर प्रश्न गरेका हुन् ।

संसदमा बोल्दै साम्पाङले सीमा सुरक्षाका लागि प्रयोग हुनुपर्ने नेपाली सेनालाई आफ्नै नागरिकविरुद्ध प्रयोग गरिएको भन्दै आपत्ति जनाए। उनले लिपुलेक क्षेत्रमा भइरहेको गतिविधिप्रति सरकार मौन बसेको आरोप पनि लगाए ।

सुकुम्बासीमाथि भएको व्यवहारप्रति आक्रोश व्यक्त गर्दै उनले होल्डिङ सेन्टरमा राखिएका नागरिकको अवस्थाबारे प्रधानमन्त्री गम्भीर हुनुपर्ने बताए । संसद् छल्दै अध्यादेश ल्याइएको भन्दै उनले त्यसलाई लोकतन्त्र र विधिको अपमानको संज्ञा दिए ।

संवैधानिक परिषद्को निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाउँदै साम्पाङले सरकारले अंकगणितसमेत नमिलेको ढंगले निर्णय गरेको टिप्पणी गरे । विदेशी ऋण बढ्दै गएको विषयमा समेत उनले सरकारको आलोचना गर्दै त्यसको भार अन्ततः जनतामाथि पर्ने बताए ।

बजेट निर्माण प्रक्रियामा विपक्षी दलसँग छलफल नगरिएको भन्दै उनले सरकारले राष्ट्रिय सहमतिभन्दा दलगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाए । सीमामा भइरहेको तस्करी रोक्न सरकार असफल भएको दाबी पनि उनले गरे ।

सम्बन्धित समाचार