घरायसी विवादले लियो ज्यान, थानकोटमा सालोको हत्या

2.5k Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादका क्रममा आफ्नै सालो नाता पर्ने अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेका थिए।

गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल लगिएको थियो। उपचारकै क्रममा गएराति साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिएका छन्।

घटनापछि आरोपी समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार