अन्तर्राष्ट्रिय मञ्च कान्समा नेपाली फिल्म लिएर पुगे प्रदीप खड्का

3k Shares

फ्रान्समा जारी विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा यसपटक नेपालीहरूको उपस्थिति उल्लेख्य देखिएको छ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्सका मेयरको निमन्त्रणामा सहभागी भएकी छन् भने नेपाली उद्यमी दम्पती भूपेन्द्र खनाल र स्नेह शर्माले नेपाली हिमाली छुर्पी ब्रान्डको अन्तर्राष्ट्रिय प्रवर्धन गरिरहेका छन्।

यता अभिनेता प्रदीप खड्का पनि कान्समा सक्रिय रूपमा सहभागी छन्। कान्स मार्केटमा रहेको नेपाल स्टलमार्फत उनले नेपाली चलचित्रको प्रचार–प्रसार गरिरहेका छन्। उनीसँग निर्देशक प्रदीप शाही समेत सहभागी छन्। स्टलमा उनीहरूले निर्माण तथा अभिनय गरेका चलचित्रका पोस्टर राखिएका छन्।

नेपाल–भुटान सहकार्यमा निर्माण भइरहेको फिल्म ‘टनल २६’ को प्रवर्धन पनि कान्समा भइरहेको छ। उक्त फिल्म भुटानी अभिनेता सांगे सेल्ट्रिमले निर्माण गरेका हुन्। प्रदीप खड्का र प्रदीप शाही गत वर्ष पनि कान्स मार्केटमा सहभागी भएका थिए र अन्तर्राष्ट्रिय वितरण तथा संयुक्त लगानीमा चासो देखाउँदै आएका छन्।

यसैबीच निर्देशक अविनाशविक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रिमियर हुने भएको छ। यो कान्समा प्रस्तुत हुन लागेको पहिलो नेपाली फिचर फिल्म मानिएको छ।

 
 
 
सम्बन्धित समाचार