2.3k
Shares
काठमाडौँ । नेपाल प्रहरी ले विभिन्न स्थानमा गरेको संयुक्त अपरेशनका क्रममा अवैध लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगर, गाँजा, नाइट्राभेट तथा अन्य निषेधित औषधि बरामद गरिएको छ। लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको आशङ्कामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार लागूऔषधविरुद्धको अभियान निरन्तर जारी रहनेछ।