रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशन समन्वयका लागि जिम्मेवारी बाँडफाँट

2.4k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर हुने वडा, पालिका तथा जिल्ला भेला एवं अधिवेशनलाई समन्वयात्मक रूपमा सहजीकरण गर्न केन्द्रीय सदस्य, सांसद, संघीय नेतृत्व मञ्च तथा केन्द्रीय विभागका पदाधिकारीलाई जिल्ला–जिल्लामा जिम्मेवारी तोकेको छ । पार्टीले सार्वजनिक गरेको विवरणअनुसार सातै प्रदेशका ७७ जिल्लामा नेताहरूलाई समन्वयको जिम्मेवारी दिइएको हो ।

कोशी प्रदेशअन्तर्गत ताप्लेजुङ, संखुवासभा, इलाम, झापा, मोरङ र सुनसरीलगायत जिल्लामा सांसद तथा केन्द्रीय विभागका नेताहरूलाई खटाइएको छ । यस्तै मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा र रौतहटमा पनि जिम्मेवारी तोकिएको छ ।

बागमती प्रदेशमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, धादिङ, काभ्रेपलाञ्चोकलगायत जिल्लामा केन्द्रीय नेताहरूलाई समन्वयको भूमिका दिइएको छ । त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा पनि पार्टीका सांसद, केन्द्रीय सदस्य तथा विभागीय नेताहरूलाई जिल्ला–जिल्लामा परिचालन गरिएको छ ।

रास्वपाले पार्टी संगठनलाई तल्लो तहसम्म सक्रिय र व्यवस्थित बनाउन अधिवेशन तथा भेलाहरूलाई प्रभावकारी बनाउन यस्तो जिम्मेवारी बाँडफाँट गरिएको जनाएको छ ।

 
 
सम्बन्धित समाचार