प्रधानमन्त्रीले सदनको अपमान गरेको एमालेको आरोप

1.5k Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने र जनताको मतको उपेक्षा गर्ने काम गरेको आरोप लगाएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री विधेयक पेश गर्न समेत उपस्थित नभएको भन्दै विपक्षी दलहरूले विरोध जनाएका हुन् । एमाले सांसद ऐनबहादुर महरले संविधानको धारा ७६ को उपधारा १० अनुसार सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने भए पनि प्रधानमन्त्री गम्भीर नदेखिएको बताए ।

उनले भने, ‘कुरा नियमावलीको मात्रै होइन, विषय नियतको हो । प्रधानमन्त्रीको नियत सदनलाई छल्ने, अपमान गर्ने र जनताको मतको उपेक्षा गर्ने देखियो ।’

महरले प्रतिनिधिसभा नियमावलीको व्यवस्था समेत प्रधानमन्त्रीले बेवास्ता गरेको आरोप लगाए । यसले प्रधानमन्त्रीलाई थप स्वेच्छाचारी र निरंकुश बाटोमा हिंड्न प्रेरित गरेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार