मधेशमा एमालेका समिर मन्त्री नियुक्त, जसपाका तीन मन्त्री बर्खास्त
1.2k
Shares
जनकपुरधाम । मधेश प्रदेशको राजनीति फेरि नयाँ मोडमा पुगेको छ । सत्ता समीकरणमा आएको परिवर्तनसँगै नेकपा एमाले सरकारमा सहभागी भएको छ भने जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएको छ ।
मुख्यमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै एमालेका मोहम्मद समिरलाई मन्त्री नियुक्त गरेका छन् । समिरले पद तथा गोपनीयताको शपथसमेत लिएका छन् ।
सरकार पुनर्गठनसँगै जसपाबाट मन्त्री बनेका तीन जनालाई पदमुक्त गरिएको छ । प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै गएपछि मुख्यमन्त्रीले नयाँ राजनीतिक समीकरणअनुसार मन्त्रिपरिषद् हेरफेर गरेको बताइएको छ ।
मधेश प्रदेशमा पछिल्ला महिनादेखि दलहरूबीच सरकारको नेतृत्व, समर्थन र मन्त्रालय बाँडफाँटलाई लिएर लगातार राजनीतिक छलफल चल्दै आएको थियो । नयाँ निर्णयसँगै प्रदेश सरकारमा एमालेको भूमिका बढेको छ भने जसपा प्रतिपक्षतर्फ धकेलिएको छ ।