ओली निवासमा एमाले सचिवालय बैठक, नेताहरूले राख्दैछन् धारणा

1.8k Shares

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान साढे ११ बजे बस्ने तय भएको छ ।

शुक्रबारदेखि सुरु भएको बैठकमा सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ । हिजो बोल्न बाँकी रहेका सदस्यहरूले आज आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

हिजोको बैठकमा केही सदस्यहरूले अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने सुझावसमेत राखेका थिए । यसले पार्टीभित्र नेतृत्वबारे बहस चर्किएको देखिएको छ ।

आजको बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराईलगायत नेताहरूले आफ्नो धारणा राख्नेछन् । बैठकमा आएका सुझावहरूको आधारमा कार्यविभाजनसम्बन्धी प्रस्तावित नामहरूमा संशोधन हुन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार